संविधान मास्ने पात्रका रुपमा केपी ओली अगाडि आए : प्रचण्ड

Spread the love

 

काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मास्ने पात्रको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली अगाडि आएको बताएका छन् ।काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार उनले अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने पात्रको रुपमा केपी शर्मा ओलीलाई अगाडि सारेको बताएका हुन् ।‘हिजोका गणतन्त्र विरोधीको एउटा धार बनेको छ, उनीहरुले संविधान निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन्’ प्रचण्डले भने, ‘गणतन्त्र, संघीयता र समावेशिता सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादी, विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने, २०/२५ वर्षदेखि विदेशीबाट पालित पोषित सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्ने पात्रका रुपमा ओली अगाडि आएका छन् ।’प्रचण्डले आफूलाई भने संविधानको रक्षा गर्ने, समानुपातिक समावेशी व्यवस्था जोगाउने धारको रुपमा व्याख्या गरे । गणतन्त्र, संघीयता समावेशिताको विरोधीहरु अहिले पनि यो संविधानलाई निचोर्ने र च्यात्ने उद्देश्यमा रहेको उनले बताए ।उनीहरुलाई के लागेको छ भने समय लिँदै जाँदा दलितहरु पनि थाकिसके, सशक्त रुपमा सडकमा आउने स्थिति छैन, आदिवासीहरु पनि थाकिसके सडकमा आउने अवस्था छैन’ प्रचण्डले भने ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *