काठमाडौं ।
कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ३०१९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।२४ घन्टामा नयाँ संक्रमित १५० थपिएका छन् । आज ९९ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।