सर्वोच्चको फैसलाको पुनरावलोकनका लागि माओवादी केन्द्र अदालत जाने

Spread the love

काठमाडौं।

नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलालाई पुनरवलोकन गराउने निर्णय गरेको छ। आज विहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको हो।पुनरावलोकनका लागि यही साता अदालत जाने निर्णय गरेको स्थायी समिति सदस्य पम्फा भुसालको भनाई छ । माओवादी केन्द्रले आज सिंहदरबारमा कानुन व्यवसायीहरुसँग छलफल समेत गरेको थियो। छलफलमा कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायत सहभागी थिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *