काठमाडौं ।
कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।२४ घन्टामा नयाँ संक्रमित १ सय ४५ थपिएका छन् ।हालसम्म २ लाख ७६ हजार ३ सय ८९ संक्रमित भएपनि २ लाख ७२ हजार १ सय ८७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ११ सय २२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । आजसम्म २२ लाख ४८ हजार ९ सय ९३ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५२ रहेको छ ।