बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण

Spread the love

बलिउड अभिनेता आमिर खानलाई कोरोना संकमण देखिएको छ। कोरोना पोजेटिभ देखिएपछि आमिर खान होम क्वारेनटाइनमा बसेका छन्।

अभिनेताका प्रवक्ताले ट्विटरमार्फत आमिरमा संक्रमण देखिएको पुष्टि गरेका हुन्।

‘आमिर खानको कोरोना रिपोर्ट  पोजेटिभ आएको छ। उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन्। उनी ठिक छन्। उनको सम्पर्कमा आएका सबैले परीक्षण गर्नुपर्छ र सबै नियम पालना गर्नुपर्छ। तपार्ईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद।’

केहि दिन अघि आमिर खानले समाजिक संजाल नचालउने घोषणा गरेका थिए। पछिल्लो समय आमिरले फिल्म ‘लाल सिंह चढ्ढा’ को छांयाकनलाई समय दिइरहेका थिए। हाल मुम्बईमा फेरि कोरोना संक्रमण बढ्दै जाँदा बलिउड पनि प्रभावित भएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *