माओवादीले समर्थन फिर्ता लिएपछि खेल सुरु हुन्छ :नेता प्रकाशमान सिंह

Spread the love

काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मात्र नयाँ सरकार गठनको खेल सुरु हुने बताएका छन् ।विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले माओवादीले समर्थन गर्दासम्म यो सरकार बहुमतकै रहने बताए । उनले अघि भने, ‘बहुमत बाँकी नै छ भने ६३ सिट जितेको  कांग्रेसले कसरी अविश्वासको प्रस्ताव राख्ने ?’माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने सरकारले विश्वासको मत लिनुपर्ने र त्यो बेला कसले कसलाई समर्थन गर्छ भन्ने थाहा हुने बताए । कांग्रेस नेता सिंहले अघि भने, ‘माओवादीले समर्थन फिर्ता लिएपछि न खेल सुरु हुन्छ ।’प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार नभएको समेत उनले बताए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *