शुक्रबार ६ सयले घट्यो सुनको मुल्य

Spread the love

काठमाडौं।

आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । बिहीबार ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ६ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको छ । बिहीबार ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मुल्य भने स्थिर छ । शुक्रबार प्रतितोला १२ सय ३० रुपैयाँमा आज कारोबार भएको महासंघले जनाएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *