आफ्नो कुरा राखेर झलनाथ खनाल बालुवाटारबाट बाहिरिए, निर्णय फिर्ता लिन ओलीलाई आग्रह

Spread the love

काठमाडौं।

नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुको पनि उपस्थिति छ ।खनाल–नेपाल समूहबाट वरिष्ठ नेता झलनाथ खनालले बैठकमा आफ्नो भनाई राखेका थिए । उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिँदै त्यसको लागि फागुन २३ गतेपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णय फिर्ता हुनुपर्ने भनाई राखेका थिए ।उनले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यँुतिएकोले अब २०७५ साल जेठ २ गतेको अवस्थाबाट अघि बढ्नुपर्ने अडान राखेका थिए । यदि, त्यसरी जान सकिएन भने पार्टी एकढिक्का हुन नसक्नेतर्फ उनले चिन्ता व्यक्त गरेका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *