संसद्ले गति लिन थालेको छ : सभामुख सापकोटा

Spread the love

काठमाडौं ।

प्रतिनिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ठूला ठूला बहसपछि संसद्ले गति लिएको बताउँदै संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको विश्वास दिलाएका छन् । आज (शनिबार) संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् । उनले गत पुस ५ गतेदेखि फागुन ११ गतेसम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको पनि दाबी गरे । उनले भनेका छन्,‘अहिले हामी एउटा महान् बहसको प्रक्रियाबाट गुज्रिएर यहाँसम्म आइपुगेका छौं । पहिला भनिने गर्थ्यो समुद्र मन्थन, यसैगरी हामीले एउटा समुद्र मन्थन जस्तै गरी धेरै ठूलो बहस ग¥यौ, त्यो बहसको बीचबाट फेरि नेपालीहरुले पहलकदमी लिए र सफलता पनि हासिल गर्दैछन् ।’सापकोटाले भने, ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसद्ले सिंगो राष्ट्रको, जनताको अपेक्षा पूरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन कि भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्र, बाहिर, यहाँ सबैतिरबाट तपाईंहरुले उठाउनुभएको छ त्यसलाई म उच्च सम्मान गर्छु ।’


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *