म सबै चूनौतिको सामना गर्न तयार छु : माधव नेपाल

Spread the love

काठमाडौं।

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफू आन्दोलन र पार्टीको विजारोपण गर्ने व्यक्ति भएको सुनाउँदै कसैको धम्कीले नडराउने बताएका छन् । बृहत्त नागरिक आन्दोलनले आज वसन्तुपुर डबलीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।उनले आफूले विधि र विधानको कुरा गरेको सुनाए । उनले विधिको शासन पार्टीभित्र लागु हुने बताउँदै त्यसको आफूले वकालत गरेको पनि स्पष्ट पारे । राजनीति सरल रेखाबाट नबढ्ने उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले बालुवाटारको संसदीय दलको बैठकमा जान्नँ भनिसकेको सुनाए । उनले आफू सबै चूनौतिको सामना गर्न तयार रहेको सुनाए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *