ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको भन्दै परेको मुद्दामा सुनुवाइ हुँदै

Spread the love

काठमाडौं ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय विरुद्धको रिटमा पेसी तोकिएको छ।वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि सर्वोच्चमा सोमबारका लागि पेसी तोकिएको हो। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासमा १ नम्बरमा पेसी तोकिएको हो।अग्राधिकारप्राप्त रिटको सुनुवाइ यसअघि पेसीमा चढे पनि स्थगित हुँदै आएको थियो। सोमबार भने सुनुवाइको संभावना रहेको अधिवक्ता न्यौपानेले  बताए।यसअघि फागुन २ गते सक्कल फाइल मगाउँदै मुद्दा अग्राधिकारमा राखेर हेर्ने आदेश दिएको थियो।सर्वोच्चले पूर्वप्रधानमन्त्रीद्वयलाई मुद्दा नचलाउनु पर्ने कारण सर्वोच्चमा पेस गरिसकेको छ।बालुवाटार जग्गा प्रकरणकै अन्य आरोपीमाथी भने विशेष अदालतमा थुनछेक बहस भइरहेको छ।बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गराएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *