नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूमाथि गरिएको कारबाहीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको तानाशाही कदम भएको बताएका छन्।
एमाले अध्यक्ष ओलीले आजै सोमबार पूर्वप्रधानमन्त्री नेपाल र पार्टी उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ।
सो निर्णयलाई नेपालले अध्यक्ष ओलीको नांगो नाचको संज्ञा दिए।
‘यो केपी ओलीको नांगो नाच हो, यसले उनको तानाशाही चरित्रलाई उदांगो पारेको छ,’ वरिष्ठ नेता नेपालले भने, ‘स्थायी समिति र केन्द्रीय समितिको बैठक तुरुन्त बोलाएर यस विषयमा छलफल र निर्णय गर्छौं।’
उनले ओली नेपालको कम्युनिष्ट आन्दोलन समाप्त पार्ने र एमाले विभाजन गर्न उद्दत रहेको आरोप लगाए।
उनले भने, ‘म देशभरिका कार्यकर्तालाई उच्चमनोबलका साथ आआफ्नो जिम्मेवारीमा खट्न आग्रह गर्छु।’