सुन प्रतितोला ९ सयले बढ्यो

Spread the love

काठमाडौं ।

केही दिन यता निरन्तर ओरालो लाग्दै गएको सुनको मुल्य आज भने ९ सय रुपैयाँले बढेको छ । बुधबार छापावाल सुन ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको  आज ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघको अनुसार आज तेजाबी सुन ८६ हजार ५० रुपैयाँमा खरिद बिक्रि भएको छ । तेजाबी सुन बुधबार ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा खरिद बिक्रि भएको छ । हिजो चाँदी ११ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *