न्युजिल्यान्डद्वारा शृंखला क्लिनस्विप, अन्तिम खेलमा बङ्‍गलादेश ६५ रनले पराजित

Spread the love

काठमाडौं।

बङ्‍गलादेशलाई ६५ रनले पराजित गर्दै न्युजिल्यान्डले तीन खेलको टी-२० खेल ३-० ले क्लिन स्विप गरेको छ।

वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा न्युजिल्यान्डले चार विकेट गुमाएर १४१ रन बनाएको थियो। न्युजिल्यान्डका फिन एलनले सर्वाधिक ७१ रन बनाए। १४१ रनको लक्ष्य पछ्याएको बङ्‍गलादेशले ९.३ ओभरमा ७६ रन मात्रै बनाउन सक्यो।

न्युजिल्यान्डका टोड अस्टलले चार विकेट लिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *