फास्ट ट्र्याकको ठेक्का रद्द गर्न निर्देशन

Spread the love

काठमाडौं।

काठमाडौं-तराई द्रुतमार्ग आयोजनाको एउटा ठेक्का रद्द गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ। समितिले पुल तथा सुरुङ निर्माणका दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गर्न सरकारलाई निर्देशन दिएको हो।

निर्देशनअनुसार उक्त ठेक्का रद्द गरेर पुनःप्रक्रिया शुरु गर्नुपर्ने भएको छ। समितिको आजको बैठकले पूर्वयोग्यताबाट एउटा कम्पनी मात्रै छनोट भएकाले प्रतिस्पर्धा हुन नसक्ने भन्दै त्यसलाई रोक्न निर्देशन दिएको हो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *