काठमाडौं।
अजोड इन्स्यारेन्सको सेयर मूल्य आज पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कम्पनीको सेयर मूल्य आज ९.९१ प्रतिशतले बढेको हो।
अजोडको सेयर मूल्य सोमबारदेखि बढ्न थालेको थियो। त्यसको भोलीपल्ट मंगलबार कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने सूचना सार्वजनिक गरेको थियो।
त्यसयता हरेक दिन सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्दै आएको छ।