मन्त्रिपरिषद्को बैठकः विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईँ र चुरे संरक्षण समितिमा डा.किरण पौडेल नियुक्त

Spread the love

काठमाडौं ।

सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईँ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । हुमागाईँ सञ्चार क्षेत्रमा लामो समययता सक्रिय छन् ।राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेल नियुक्त भएका छन् । उनी वनविज्ञ हुन् । समितिका सदस्यहरुमा बालकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुण नियुक्त भएका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *