एमाले विवाद : माधव नेपाल पक्षले आज घोषणा गर्दै राष्ट्रव्यापी अभियान

Spread the love

काठमाडौं।

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट माधवकुमार नेपाल पक्षले  ‘पार्टी सुदृढीकरण’का लागि आज (शनिबार) राष्ट्रव्यापी अभियान घोषणा गर्दै छ।दिउँसो ३ बजे स्थायी कमिटी बैठक राखेर संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालनलगायत कार्यक्रम समेटेर राष्ट्रव्यापी अभियान घोषणा गरिने उसले जानकारी दिएको छ।यसअघि शुक्रबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले राष्ट्रव्यापी अभियानको खाका तयार पारेको र आज (शनिबार) बस्ने बैठकले अन्तिम रूप दिने नेता योगेश भट्टराईले जानकारी दिएका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *