ढिलो चाँडो ताजा जनादेशः प्रधानमन्त्री केपी शर्मा ओली

Spread the love

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अंकगणित देशको आवश्यकता अनुरुप नभए ताजा जनादेशमा जानुपर्ने बताउनुभएको छ ।एक सय ६५ वटा रणनीतिक सडकको एकैपटक शिलान्यास गर्दै प्रधानमन्त्रीले ढिलो चाँडो जनादेशबाटै अहिलेको अंकगणितमा हेरफेर नगरी देश अगाडि जान नसक्ने बताउनुभयो । ‘सरकार बनाउन, संविधान निर्माण गर्न सक्ने थलोलाई देशको आवश्यकता अनुसारको अंकगणितीय बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘ढिलो चाँडो जनादेशमार्फत अहिलेको संसदीय अंकगणितमा हेरफेर नगरी देश अगाडि बढ्ने म देख्दिनँ ।’देशको आवश्यकता र संसदको गणित फरक पर्ने बताउँदै आवश्यकता अनुसारको अंकगणित निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *