छिमेकी मुलुक भारतमा कोरोना संक्रमण खतरनाक बन्दै गएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार मात्र त्यहाँ ९२ हजार ९९४ मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। साथै ५१४ जनाको मृत्यु भएको छ।
२४ घण्टाभित्र संक्रमित थपिएको यो संख्या ६ महिनायताकै उच्च हो। यसअघि २४ घण्टाभित्र सबैभन्दा बढी गत सेप्टेम्बर १९ मा ९२ हजार ५७४ जनामा संक्रमण पुष्टि भएको थियो।
कोरोना संक्रमणले २४ घण्टामा ५ सयभन्दा बढी जनाको मृत्यु भएको लगातार २ दिन भएको छ। यसअघि शुक्रबार कोरोना संक्रमणका कारण ७१३ जनाको मृत्यु भएको थियो।
भारतमा अहिले कोरोना नयाँ भेरिएन्टको संक्रमण देखिएको छ भने महारमाीको दोस्रो लहर चलिरहेको छ। खुला सीमा भएको छिमेकी मुलुकमा कोरोना संक्रमण तीव्र भन्दा स्वाभाविक रूपमा नेपाल पनि उच्च जोखिममा परेको विज्ञले बताइरहेका छन्।