म्यानचेस्टरलाई जित दिलाउनको लागि डिफेन्डर बेन्जामिन मेन्डी र फरवार्ड गाब्रियल जेससले समान एक एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
खेलको ५८औं मिनेटमा बेन्जामिन मेन्डीले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए । रोड्रीको क्रसलाई युरी टिलेमान्सले क्लियर गर्न नसकेको बललाई मेन्डीले जाली चुमाएका थिए ।
७४औं मिनेटमा ब्राजिली फरवार्ड जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले रहिम स्टर्लिङको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल म्यान्चेस्टरले जित्यो ।
यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३१ खेलबाट ७४ अंक पुगेको छ । सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई १७ अंकले पछि पारेको छ । यद्दपि युनाइटेडले दुई खेल कम खेलेको छ ।