पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माधव नेपाल पक्षधर अनेरास्ववियुद्धारा आयल निगम घेराउ

Spread the love

काठमाडौं।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष अनेरास्ववियुले आज नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ ।  अनेरास्ववियूले सोमबार मूल्य वृद्धिविरुद्ध निगमको कार्यालय घेराउ गरेको हो।पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ। नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर रु १०३ पुगेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *