काठमाडौं ।
काठमाडौंफेरि विश्वमै सबैभन्दा बढी वायु प्रदूषणयुक्त सहर बनेको छ।वायु प्रदूषणसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरको सोमबार साँझको मापनअनुसार २५६ वायू प्रदूषण सूचकांक (एक्यूआई) सहित काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राज प्रधानांगका अनुसार वायु प्रदूषण घट्न मौसममा फेरबदल जरुरी हुन्छ। अहिले काठमाडौं उपत्यकाको वायु मण्डल स्थिर छ अर्थात् चलायमान छैन। जसले गर्दा चारैतिर पहाडले घेरिएको काठमाडौंका धूलकण, धुवाँलगायत प्रदूषित वायु बाहिरन पाएको छैन र प्रदूषण बढेको छ।अझै दुई तीन यहाँको मौसम स्थिर नै रहने देखिएको छ,’ मौसमविद् प्रधानांगले भने, ‘यसले गर्दा उपत्यकामा अझै केही दिन वायु प्रदूषण बढ्ने देखिन्छ।