जस्तोसुकै सम्झौता गरेर पनि ओलीलाई हटाउनुपर्छ : रामचन्द्र पौडेल

Spread the love

काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनका लागि अन्य दलसँग जस्तोसुकै सम्झौता गर्न कांग्रेस तयार भएको बताएका छन्।नेपाल निजामती कर्मचारी युनियन संघ केन्द्रीय कार्यसमितिद्वारा आयोजित भेलामा बोल्दै नेता पौडेलले निरंकुशतातिर गइरहेको सरकारको विकल्प खोजेरै छाड्ने बताएका हुन्।‘निरंकुशतातिर गइरहेको यो सरकारको विकल्प खोजी गर्नुपर्छ, विकल्पका लागि हामी उदार बनेर जसरी विकल्प आउँछ त्यसरी सम्झौता गरेर अन्य पार्टीसँग मिलेर हामी इमान्दार प्रयत्न गर्नुपर्छ’, पौडेलले भने।उनले ओलीलाई हटाउने एक अवसर आफूहरुले गुमाएको बताउँदै अव पनि अवसर गुमाए टाउको समातेर रुनुपर्ने अवस्था आउने बताए। एउटा चान्स त हामीले पहिल्यै मिस गरिसकेका छौँ, जुनबेला एमाले र माओवादी केन्द्र बनेका थिएनन्। त्यो बेला जोखना हेर्दाहेर्दै एउटा चान्स मिस भएको छ’, पौडेलले भने, ‘फेरि पनि जोखना हेरेर चान्स मिस गर्ने अनि टाउको समातेर रुने यो कुरा हुँदैन।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *