माओवादी केन्द्रले गृहमन्त्री थापालाई पनि कारबाही गर्‍यो

Spread the love

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा गएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ।बिहीबार माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई पत्र पठाउँदै थापालाई दलबाट हटाएको र उनी माओवादी केन्द्रको सांसद नरहेको जानकारी गराएको हो।माओवादीको राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले गृहमन्त्री थापालाई सांसदबाट हटाएको र त्यसको जानकारी संसद सचिवालयलाई दिएको बताए। गृहमन्त्री थापा माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका कारण उहाँ माओवादीको सांसद नरहेको जानकारी संसद सचिवालयलाई गराइसकेका छौँ  ‘शुक्रबार उहाँलाई पदबाट हटाइएको पत्र सचिवालयमा दर्ता भइसकेको छ।’गृहमन्त्री थापा माओवादीका तर्फबाट राष्ट्रिय सभा सदस्य थिए।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *