रुपन्देहीमा नेपाल समूहको समानान्तर कमिटी गठन

Spread the love

निगरानी न्युज ।

नेकपा एमालेको माधव नेपाल समूहले रुपन्देहीमा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । पार्टी नेताहरु युवराज ज्ञवाली र घनश्याम भुसालको उपस्थितिमा राजु गुरुङ अध्यक्ष रहेको जिल्ला कमिटी घोषणा  गरिएको हो ।गुरुङ युवा संघका पुर्व केन्द्रीय उपाध्यक्ष समेत हुन् । २ सय ५ सदस्यीय समानान्तर कमिटिको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवि चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।सचिव चौधरी तिलोत्तमा नगरपालिकाकी उपमेयर हुन् । जिल्ला कमिटीको विस्तारित बैठकमार्फत एमाले रूपन्देही पुनर्गठन गरिएको अध्यक्ष गुरूङले बताए। यस्तै क्षेत्रिय कमिटि, पालिका स्तरीय ईन्चार्ज र जनबर्गिय संगठनको संयोजकको समेत जिम्मेवारी तोकिएको जिल्ला सदस्य खेम लुइँटेलले जानकारी दिए।देशैभर एमालेमा विवाद चुलिदै गएपछि नेपाल पक्षले समानान्तर कमिटि घोषणा गर्दै अघि बढेको छ । यसअघि नेपाल पक्षले लुम्बिनि प्रदेशमा अर्घाखाँची, नवलपरासी र बांकेमा पनि समानान्तर कमिटी गठन गरेको छ ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *