म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

Spread the love

निगरानी न्युज ।

बोरुसिया डरटमन्डलाई पराजित गर्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति दोस्रो लेगमा सिटीले २-१ को जीत निकालेको हो ।यसअघि घरेलु मैदानमा सिटीले २-१ को जित नै निकालेको थियो । १५ औं मिनेटमा डरटमन्डले बेलिन्गामको आकर्षक गोलले अग्रता हासिल गर्दा सिटी दबाबमा परेको थियो ।दोस्रो हाफमा डरटमन्डका इमर क्यानले पेनाल्टी एरियाभित्र बल हातले छोएपछि खेलले नयाँ मोड लिएको थियो । महरेजले पेनाल्टी गोल गरेपछि सिटी झन् आक्रामक बनेको थियो । फिल फोडेनले गोल गरी सिटीको जित सुनिश्चित गरेका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *