कर्णालीपछि अब गण्डकी, लुम्बिनी र केन्द्र सरकार फेर्न लगातार लागेका छौं : प्रचण्ड

Spread the love

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र आफूहरुको कारणले आएको स्पष्ट पारेका छन् । यसो भन्नको लागि छाती ढोकेर भन्नुपर्ने पनि उनको भनाई छ । आज (शनिबार) शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ठूलो संघर्ष र बलिदानपछि बनिएको संविधान र कम्युनिष्ट आन्दोलनको व्यापक ध्रुवीकरण र एकतालाई जनताले गरेको अनुमोदनबाट राजनीतिक स्थिरता प्राप्त हुनेछ भन्ने विश्वास लिएको थियो भन्ने धारणा राखे ।उनले आफूले प्रतिनिधिसभा पूनःस्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही दिनमै राजीनामा दिनुपर्ने माग गरेको पनि स्मरण गराए । उनले नैतिकताको कुरा अब भैंसीको अघि बिन बाजा बजाएको जस्तै भएको पनि टिप्पणी गरे । तर, आफूहरु विजयी भएको उनको भनाई छ । उनले आफूहरु यतिवेला सरकार गठन, पूनर्गठनको प्रक्रियामा रहेको उल्लेख गरे । उनले भने,‘साथीहरु, हिजोमात्रै कर्णालीमा के समस्या थियो, कहाँ गएर टुँगियो ? तपाईँहरुले थाहा पाईसक्नुभएको छ । अब अस्तिमात्रै गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । र, बहुमतले सरकार परिवर्तनको लागि नयाँ मुख्यमन्त्रीको नामसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ । विशेष अधिवेशनको माग गरिएको छ । लुम्बिनीमा पनि सरकार परिवर्तनको लागि करिब करिब बहुमतको हस्ताक्षर संकलन भईसकेको छ । अब केन्द्रमा यो अन्यौलता  र अराजकताको स्थिति अन्त्य गर्नको लागि हामीले केन्द्रीयस्तरमा पनि लगातार पहल गरेका छौं । र, म यहाँबाट त्यही प्रक्रियामा सामेल हुन मिटिङमा जाँदैपनि छु


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *