प्रदेश १ को प्रदेश सभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदै

Spread the love

 निगरानी न्युज ।

को प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन आइतवार राति १२ बजेदेखि अन्त्य गरिएको छ ।आजको प्रदेश सभाको बैठकमा सभामुख प्रदीप कुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाउनु भएको प्रदेश सभा अधिवेशन अन्त्यको पत्र पढेर सुनाउनु भएको थियो ।बैठकमा मुख्यमन्त्री शेरधन राईले प्रतिपक्षी दलहरुले उठाएको बजेट कार्यान्वयनको स्थितिबारे जवाफ दिने कार्यसूची रहेको थियो । तर प्रतिपक्षी दलका सांसदहरुले उभिएर विरोध गरेपछि मुख्यमन्त्री राईले बोल्न पाउनु भएन ।प्रतिपक्षी दलका सांसदहरुले चालु आर्थिक वर्षको स्विकृत योजनाहरुको स्रोत सुनिश्चितताको माग गर्दै आएका थिए ।प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मुख्यमन्त्रीले जवाफ दिने स्थिति नै नभएपछि प्रदेश सभा अन्त्यको विकल्प नभएको जानकारी दिनुभयो ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता राजिव कोइरालाले प्रदेश सभा हठात अन्त्य गरिनु गलत भएको टिप्पणी गर्दै आफुहरुले प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने गरी छलफल शुरु गरेकेा जानकारी दिनुभयो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *