केपी ओलीले भारतसामू त्वम् शरणम् गरेः सभापति देउवा

Spread the love

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको टाङमुनी छिरेको टिप्पणी गरेका छन् । उनले ओलीले विगतमा भारतविरोधी नारा लगाएर चुनाव जितेको र अहिले भारतकै शरणमा परेको टिप्पणी गर्दै नक्कली राष्ट्रवाद छताछुल्ल भएको बताए ।भारतविरोधी नारा लिएर चुनाव जितेका ओली भारतको टाङमुनी छिरेका छन्,’ नेविसंघको ५२औं स्थापना दिवसमा राजधानीमा आज आयोजित कार्यक्रममा देउवाले भने,‘ ओली अवसरवादी हुन्, राष्ट्रवादी होइनन् ।’देउवाले ओलीमाथि भारतको शरणमा परेको आरोप समेत लगाए । उनले भने,‘ ओली इन्डियाको त्वम् शरणम् भएका छन् ।’आफूले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको स्पष्ट पार्दै बहुमत नपुगेकाले पर्खेर बसेको बताए । बहुमत निश्चित गर्न सरसल्लाह भइरहेको समेत बताए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *