माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न, सरकारलाई दिएको समर्थन फिर्ता लिएन

Spread the love

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।एक नेताकाअनुसार आजको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भएपनि यसबारेमा ठोस निर्णय भएको छैन् । पछिल्लो समय माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आएको छ । तर, अहिलेसम्म यसबारेमा ठोस निर्णय लिन सकेको छैन् । अध्यक्ष पुष्पकमल दाहालले पनि अबको एक दुई दिनभित्रै नयाँ सरकार बन्ने दाबी गरेका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *