वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील

Spread the love

काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विकृति विसंगतिलाई किनारा लगाउने बताएका छन् । उनले आज ७२ औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसमा शुभकामना सन्देश दिदै विकृति गैरकम्युनिस्ट पश्चगामी प्रवृत्तिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेको उल्लेख गरेका छन् ।‘कम्युनिस्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ,’ प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘ती विकृति गैरकम्युनिस्ट पश्चगामी प्रवृत्तिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृत्ति देखापरेको छ ।’प्रचण्डले संविधान रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धतामा जोड दिएका छन् । उनले यसलाई ऐतिहासिक आवश्यकता भन्दै कम्युनिस्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकतावद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामवद्ध हुन अपिल गरेका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *