आइपिएल खेलमा सट्टाबाजी गर्ने ११ जना पक्राउ

Spread the love

काठमाडौं।

भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग(आइपिएल) लगायतका खेलहरूमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका विभिन्न स्थानबाट आइतबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरुबाट सट्टाबाजीमा प्रयोग गरेका १७ थान मोबाइल, नगद २ लाख ९६ हजार रूपैयाँ, डायरी, बेटिङमा हिसाब कितावको लागि प्रयोग भएको कागजात समेत प्रहरीले बरामद गरेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *