कोरोना संक्रमण रोकथाम गर्न १५ दिन निषेध आदेश जारी गर्ने मन्त्रिपरिषदको निर्णय

Spread the love

काठमाडौं।

कोरोना संक्रमण रोकथाम गर्न १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ ।जिल्ला कोभिड व्यवस्थापन केन्द्रले कोभिड नियन्त्रणका लागि सङ्क्रमितको सङ्ख्याका आधारमा निषेध आदेश जारी गर्न सक्ने निर्णय बैठकले गरेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार कोरोना संक्रमणको लक्षण पहिचान गर्न कम्तिमा पनि १४ दिन लाग्ने भएकाले सो निर्णय गरिएको हो ।जसअनुसार पहाडी तथा हिमाली जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित भएको अवस्थामा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा गर्नसक्ने र काठमाडौँ उपत्यका लगायत तराई क्षेत्रमा ५ सय भन्दा बढी नयाँ संक्रमण देखिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सोही आदेश जारी गर्न सक्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।बैठकले आन्तरिक उडान व्यवस्थित गरी सञ्चालन गर्ने निर्णय गरेको छ । उपत्यका बाहिर बिरामी थपिँदै गए कतिपयलाई हवाई सेवा आवश्यक पर्नसक्ने भएकाले आन्तरिक उडान व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *