एमाले सांसदद्वारा गण्डकी प्रदेश सभा अवरुद्ध

Spread the love

काठमाडौं।

गण्डकी प्रदेशको आज बसेको बैठक २० मिनेटको लागि स्थगित् भएको छ । सत्तारुढ दल नेकपा (एमाले) का सांसदहरूले अवरोध गरेपछि प्रदेश सभा बैठक २० मिनेटको लागि स्थगित् भएको हो ।एमाले सांसदहरुले कोरोना संक्रमणको जोखिम बढेको भन्दै तत्काल सबै सांसदहरुको पीसीआर परीक्षणको माग गरेका हुन । उनीहरुको यस्तो माग आएपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित् गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध हिजोमात्रै कांग्रे, माओवादी केन्द्र र जसपाले संयुक्त रुपमा अविश्वासको प्रस्ताव पेश गरेका छन् । अहिले उक्त प्रस्तावमािथ छलफल हुने कार्यसूचि थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *