आजको सुनको मुल्य

Spread the love

काठमाडौं ।

साताको कारोबारको पहिलो दिन आज सुनको भाउ बढेको छ । शुक्रबार ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भएको छ ।  यसैगरी चाँदीको मुल्य भने आज स्थिर छ । शुक्रबार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *