आज सुनको मुल्य बढ्यो

Spread the love

काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको भाउ केही दिन यता थपघट हुँदै आएको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ४ सय रुपैयाँ खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, ८९ हजार ५ सय रुपैयाँमा हिजो कारोबार भएको तेजाबी सुन आज ४ सयले बढेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । महासंघको अनुसार आइतबार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *