बहुमतको सरकार बनाउन देउवाको आव्हान

Spread the love

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन आग्रह गर्दै नयाँ सरकार बनाउन अघि बढ्न आव्हान समेत गरेका छन् । आज प्रधानमन्त्री ओलीले विश्वासको मत दिने संसदको विशेष अधिवेशनमा बोल्दै दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।देउवाले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार निर्माणमा लाग्नुपर्ने बताएका हुन् । उनले भने, ‘संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार बनाउन लाग्नुपर्छ ।’ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ सरकार बनाउन देउवाको जोड थियो । उनले फेरि अल्पमतको सरकार बन्ने अवस्था अगावै बहुमतको सरकार निर्माणको आव्हान गरेका हुन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *