सरकारले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने

Spread the love

काठमाडौं ।

सरकारले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । संक्रमितहरूको चापलाई मध्यनजर गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए।

साथै निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न निर्देशन दिएकोमा पछिल्लो समय कोभिड विरामीको चापका कारण मापदण्ड भन्दा पनि धेरैं विरामीको उचार भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

अर्यालले संक्रमितको संख्या ह्वात्तै बढेका कारण अक्सिजनको अभाव रहेको भन्दै काठमाडौंमा १५ हजार सिलिण्डर अक्सिजन माग रहेकोमा अहिले १० हजार सिलिण्डर मात्र रहेको पनि मन्त्रालय स्रोतले खुलाएको छ ।त्यसका लागि लिक्विड अक्सिजन उत्पादन बढाउन भारत सरकारसँग कुरा भइरहेको मन्त्रालयले जनाए)को छ ।अहिले टेकु अस्पताल र ट्रमा सेन्टरमा लिक्विड अक्सिजन रहेकोमा अबका केही समयभित्र शिक्षण अस्पतालमा पनि लिक्विड अक्सिजन जडान गरिने मन्त्रालयले जनाएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *