थप ९ हजार ३०५ जनामा संक्रमण, सक्रिय संक्रमितको संख्या १ लाख नाघ्यो

Spread the love

गएको २४ घण्टामा नेपालमा ९ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयले २० हजार ७८९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएको जनाएको छ।

२० हजार ३६२ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २३८ जना र ४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ गरी ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो।

आज काठमाडौं उपत्यकामा काठमाडौंमा ३ हजार २५०, ललितपुर ४४८ र भक्तपुरमा २२६ जना गरी ३ हजार ९२४ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज १६८ जनाको संक्रमणका कारण मृत्यु भएको छ। यस्तै, ४ हजार ४४४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

आज देशभर १ लाख १ हजार ६३४ जना सक्रिय संक्रमित देखिएका छन्।

यस्तै, १ हजार २४१ जना आईसीयूमा उपचाररत रहेकोमा २५८ जना भेन्टिलेटरमा रहेका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *