प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ।
क्याप्टेन रामेश्वर थापाको बूढानीलकण्ठस्थित निवासमा भेटवार्ता भएको प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले जानकारी दिए।
विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका ओलीले नेपाली कांग्रेसको नेतृत्वमा गठन हुन लागेको बहुमतको सरकार समेत बन्न नदिने गरी नेता नेपालसँग सहमति जुटाउन अन्तिम प्रयास गरेका हुन्।
आजै पार्टी स्थायी समितिबाट नेपालसहितका चार नेतालाई कारवाही फुकुवा गर्ने निर्णय गरेका ओलीले नेता नेपालसँग अर्को निर्णायक वार्ताका लागि भेटेका हुन्।
ओलीसँग सहमति नभए नेपाल समूहले सांसद पदबाटै राजीनामा दिने तयारी गरिरहेका बेला सो कदम रोक्ने प्रयासस्वरुप उनले नेपाललाई भेटेका हुन्।
नेपाल पक्षले राजीनामा दिएमा प्रधानमन्त्रीका उम्मेदवार बन्न लागेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि आवश्यक बहुमत पु¥याउन केहि सहज हुनेछ।
सो स्थिति रोक्न ओलीले नेपाललाई भेटेका हुन्।