नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन: प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
- यस अघि ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आह्वान गरेकी थिइन्।
उक्त समयसीमाभित्र कसैको पनि दाबी परेको थिएन।