ओली र नेपालबीच आज पनि भेटवार्ता, बन्ला त कार्यदल?

Spread the love

धानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज आइतबार पनि भेटवार्ता हुने भएको छ।

नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार आज अपरान्ह दुबै नेताबीच भेटवार्ता हुने तय भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा हुने भेटवार्तापछि पार्टीका आन्तरिक विवाद समाधानका लागि कार्यदल बनाउने निर्णय हुनसक्ने बताइएको छ।

शुक्रबार ओली पक्ष र नेपाल समूहका नेताहरुबीच सिंहदरबारमा लामो छलफल भएको थियो।

सो छलफलमा पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थाबाट क्रियाशील बनाउन ओली तयार भएका थिए भने त्यसका लागि विस्तृतरुपमा अध्ययन गरी प्रतिवेदन बुझाउनका लागि कार्यदल बनाउने सहमति भएको थियो।

सोहि बैठकले कार्यदलका सदस्यहरुको चयन गर्ने जिम्मेवारी ओली र नेपाललाई दिएको थियो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *