‘तिजको लहर आयो बरिलै’का रचनाकार चेतन कार्की रहेनन्

Spread the love

कोरोना संक्रमणका कारण वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधन भएको छ।

कार्की ८३ वर्षका थिए।

कोभिड–१९ बाट संक्रमित भएपछि एक साताअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका कार्कीको आइतबार बिहान निधन भएको हो।

‘शनिबार दिउँसोसम्म कार्कीको अवस्था राम्रै थियो। बेलुकीदेखि अवस्था बिग्रेपछि उहाँलाई आइसीयूमा भर्ना गरिएको थियो,’ ‘उहाँको आज बिहान साढे १० बजेतिर निधन भएको परिवारले जनाएको छ।’

कार्कीको परिवारमा श्रीमती र दुई छोरा छन्।

कोरोना संक्रमणका कारण कार्कीको परिवारका अन्य सदस्यहरु आइसोलेसनमा छन्।

उनले ‘तिजको लहर आयो बरिलै’ र ‘कलिलो तामालाई सोधे रामालाई’ जस्ता लोकप्रिय गीत रचना गरेका थिए।

उनले यीलगायत नेपाली जनजिब्रोमा झुण्डिएका कैयौं गीत रचना गरेका छन् भने चर्चित फिल्महरु निर्देशन गरेका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *