बादललाई मतदान गर्न एमालेको ह्वीप

Spread the love

काठमाडौं।

नेकपा एमालेले राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्न ह्वीप जारी गरेको छ।

महासचिव ईश्वर पोखरेलले सोमबार प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार एवम् गृहमन्त्री बादललाई मत हाल्न ह्वीप जारी गर्नुभउको हो ।

‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रामबहादुर थापामगर भएको जानकारी गराइन्छ,’ ह्वीप लगाइएको पत्रमा भनिएको छ, ‘पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रमअन्तर्गत जेठ ६ गते ९ बजेदेखि दिउँसो ३ बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’

नेपाली कांग्रेस र माओवादी केन्द्रले भने स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाका पक्षमा मतदान गर्न ह्वीप लगाएका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *