१२ अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन बिस्तारका लागि १६ करोड ८० लाख

Spread the love

अर्थ मन्त्रालयले थप १२ अस्पताललाई अक्सिजन प्लान्ट स्थापना र अक्सिजन पाइप लाइन बिस्तारका लागि सहमति प्रदान गरेको छ।

आज (मंगलबार) थप १२ अस्पताललाई १६ करोड ८० लाख सहमति प्रदान गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै स्रोतको सहमति प्रदान गरिएको अर्थमन्त्रालयले जानाएको छ।

११ अस्पताललाई अक्सिजन प्लाण्ट निर्माण गर्न प्रति अस्पताल एक करोड ५० लाख र १ अस्पताललाई पाइप लाइन विस्तारका लागि ३० लाख रुपैयाँ स्रोतको सहमति प्रदान गरिएको उल्लेख छ।

मन्त्रालयले यसअघि पनि विभिन्न अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न स्रोत सुनिश्चतता गरेको थियो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *