युनाइटेड रेलिगेशनमा परेको फुलह्यामसँग बराबरीमा रोकियो

Spread the love

एजेन्सी।

म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगबाट रेलिगेशनमा परिसकेको फुलह्यामसँग १–१ को बराबरी खेलेको छ। युनाइटेडले इडिसन काभानीको गोलबाट १५औं मिनेटमा अग्रता लिएको थियो। तर घरेलु टोलीले अग्रता जोगाईराख्न सकेन। ७६औं मिनेटमा जो ब्रायनले बराबरी गोल फर्काए। दोस्रो स्थानमा रहेको युनाइटेडले अब अन्तिम खेल उल्भरह्याम्पटनविरुद्ध आइतबार खेल्नेछ। त्यसपछि २७ मेमा भिल्लारियालविरुद्ध युरोपा लिग फाइनल खेल्नेछ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *