काठमाडाैं।
इंग्लिस प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीमाथि २–१ को जित हात पार्दै शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ।घरेलु मैदानमा चेल्सीका लागि एन्टोनियो रुडिगर र जर्जिन्होले गोल गरे भने लेस्टरका इहिनाचोले एक गोल फर्काए।योसँगै चेल्सीले ३ दिनअघि एफएकपको फाइनलमा व्येहोरेको हारको बदला समेत लिएको छ।जितपछि चेल्सीको ३७ खेलबाट ६७ अंक भएको छ भने लेस्टरको ६६ अंक छ।