प्रधानमन्त्री ओलीको रणनीति : जेठ १५ अघि नै विश्वासको मत लिने, मत लिन असफल भए संसद् विघटन गरेर चुनावमा जाने

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते भन्दा अघि नै संसदमा विश्वासको मत लिनेगरि तयारी थालेका छन् । प्रधामन्त्री ओलीले हालै बसेको मन्त्रिपरिषद बैठकमा समेत यसबारेमा मन्त्रीहरुलाई ब्रिफिङ गरिसकेका छन् । एक मन्त्रीले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले बजेट ल्याउनुभन्दा अघि नै संसदमा विश्वासको मत लिने आफ्नो योजना सुनाएका थिए । र, यसको लागि वातावरण पनि बनिरहेको प्रधानमन्त्रीको विश्वास थियो । स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेलासम्म एमालेलाई एक ढिक्का राख्न सके भने जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई विश्वासमा लिँदा सजिलै विश्वासको मत लिन सकिने योजना बनाएका छन् । सोहीअनुसार उनी यतिवेला जसपाका माग र मुद्दा सम्बोधनको तयारीमा जुटेका छन् । यसअघि प्रधानमन्त्री ओलीलाई सदनमा विश्वासको मत नदिई तटस्थ बसेको जसपाको ठाकुर महतो पक्ष यो पटकपनि तटस्थ बस्ने योजनामा छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *