काठमाडौं ।
कोरोना भाइरसो संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको निधन भएको छ ।
नेपाल प्रहरी अस्पतालमा उपचाररत डीएसपी केसीको आज बिहान निधन भएको हो।
गत वैशाख २२ गते उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो। उहाँको स्वास्थ्यमा समस्या देखिएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी घर भएका डीएसपी केसीले ५८ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको हो।